भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना जनही ५० हजार धरौटीमा रिहा

    • स्वास्थ्य पेज

  • ६ असार २०७८, आईतवार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा डाक्टर र नर्समाथि आक्रमण गर्ने  तीन जना जनही ५० हजार धरौटी बुझाएर आज रिहा भएका छन् । धरौटी बुझाएर उनिहरु आजै हिरासत मुक्त भएका छ्न ।

जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्ने तुलसीपुर उपमहानगरपालिका- ११ का मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५०/५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टले स्वास्थ्य पेजलाई जानकारी दिनु भयो ।

उनीहरु विरुद्ध ज्यान मार्ने उधोगमा मुद्दा  दर्ता भएको थियो । गत जेठ १३ गते राती ८ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ११ उरहरीका ५४ वर्षीय डिल्ली रावतको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूले उपचारमा लापरबाही भएको भन्दै ड्युटीमा खटिएका चिकित्सक र नर्समाथी आक्रमण गरेका थिए । उनिहरु मृतकका सहोदर भाइ र छोरा हुन ।

उनीहरू तीनै जनालाई सोही दिन राती पक्राउ गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । उनिहरु २४ दिन प्रहरी हिरासतमा बसेका थिए ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech