भेरी अस्पतालमा ३५ वर्षीय संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ६ असार २०७८, आईतवार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप एकजना संक्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –६ दाङका ३५ वर्षीय पुरुषको उपचारका क्रममा आज विहान सवा ११ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

गएको १६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष २३ गते अस्पताल भर्ना भएका थिए । कडा कोभिडबाट ग्रस्त उनको स्वास्थ्यमा सुधार नआउँदा उपचारकै क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ३४८ जनाको मृत्यु भएको छ ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech