बाँके भन्दा बर्दियामा कोरोनाको जोखिम बढी, ५७९ सक्रिय संक्रमित

    • स्वास्थ्य पेज

  • ६ असार २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा बर्दियामा थप ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बर्दियामा दोस्रो लहरमामात्रै कुल संक्रमितको संख्या ५ हजार ४ सय ८५ पुगेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनमा खटिनुभएका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दियामा अहिले पनि ५ सय ७९ जना सक्रिय संक्रमित रहेको तथ्याङ्क छ । कुल संक्रमितमध्ये अहिलेसम्म ४ हजार ७ सय ८१ जना डिस्चार्ज भइसकेका छन् । ३९ जना अस्पताल भर्ना भएका छन् ।

तीमध्ये ३ जनाको आइसीयूमा राखेर उपचार भइरहेको पनि श्रेष्ठले बताउनुभयो । ५ सय ३० जना होमआइसोलेसनमा बसिरहेका छन् । दोस्रो लहरमा मात्रै बर्दियामा १ सय २५ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।

दोस्रो लहरको कोरोना भाइरसको चपेटामा परेको बर्दियामा संक्रमण दर घट्न सकेको छैन् ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech