भेरी अस्पतालको न्यूरो सेवा पुनः सुरु हुँदै

टिचिङबाट न्यूरो सर्जरी सकेर डा.हेमन्त कुमार शाह नेपालगन्ज आउने भएपछि बन्द अवस्थामा रहेको न्यूरो सेवा पुनः सुरु हुने भएको हो ।


    • स्वास्थ्य पेज

  • ६ असार २०७८, आईतवार

नेपालगन्जः पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा पुनः न्यूरो सेवा सुरु हुने भएको छ ।

चिकित्सकको अभावमा अस्पतालको न्यूरो सेवा करिव ६ महिनादेखि बन्द भएको थियो । टिचिङबाट न्यूरो सर्जरी सकेर डा.हेमन्त कुमार शाह नेपालगन्ज आउने भएपछि बन्द अवस्थामा रहेको न्यूरो सेवा पुनः सुरु हुने भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश बहादुर थापाका अनुसार, टिचिङ अस्पताल काठमाडौंबाट न्यूरोसर्जरी सकेर डा शाह आउने भएपछि एक साताभित्रै भेरीको न्यूरो सेवाले पुनः गति लिन लागेको छ ।

चिकित्सक अभावका कारण भेरी अस्पतालमा न्यूरो सेवा प्रभावकारी ढंगले संचालन हुन सकिरहेको छैन् । यसअघि न्यूरोसर्जन डा हरि पौडेल २०७६ साल पुसमा आएपछि पहिलो पटक भेरीमा न्यूरो सेवा सुरु भएको थियो ।

तर डा पौडेल एक वर्ष नपुग्दै गत मंसिर महिनामा सरुवा भएर धनगढी गएपछि न्यूरो सेवा पुनः बन्द भयोे । दुर्घटना हुँदा र अन्य विविध कारणले टाउँकोमा चोटपटक लाग्दा न्यूरो सर्जन डाक्टरहरुको आवश्यक पर्ने गर्छ ।

खासगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी तीन प्रदेशबाट बिरामीहरु उपचारका लागि भेरी अस्पतालमा आउने बिरामी न्यूरो सेवा बन्द हुँदा मर्कामा थिए ।

नेपालगन्जमा न्यूरो सर्जरीका चिकित्सक भएपनि न्यूरो फिजिसियन सेवाका लागि भने अझैपनि बिरामीहरु अन्यत्रै जान बाध्य छन् ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech