शिक्षण अस्पताल कोहलपुरमा संक्रमित ४९ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ असार २०७८, शनिबार

कोहलपुर: कोरोना भाइरस संक्रमणबाट नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका अनुसार स्वर्गद्धारी नगरपालिका-५ प्यूठानकी ४९ वर्षीया महिलाको मृत्यु भएको हो ।

ती महिलालाई २० गते कोभिड पुष्टि भएको थियो । उनी २५ गतेमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका ३४४ जनाको मृत्यु भएको छ ।

  • ५ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech