नेपालमा थप २,७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ असार २०७८, शुक्रबार

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । २४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन्।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech