भेरी अस्पतालमा कोभिड संक्रमित सुर्खेतका ३८ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ४ असार २०७८, शुक्रबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ ।

संक्रमण पुष्टि भएपछि उपचारमा रहनुभएका विरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका ३८ वर्षीया महिलाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

संक्रमण पछि उहाँ स्वास्थ्य उपचारका लागि जेष्ठ ३१ गते नेपालगन्ज स्थित भेरी अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो साँझ ८:४० बजे मृत्यु भएको हो ।

योससँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३४३ जना र जिल्लाकै ३१० जनाको मृत्यु भईसकेको छ ।

अहिले जिल्लामा कोभिड संक्रमण दरसँगै मृत्यु दरमा समेत कमि आएको छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech