नेपालगन्ज उपमहानगरपालिकामा पहिलो प्राथमिकतामा परेकाहरुलाई कोभिसिल्डको दोस्रो डोज खोप

    • स्वास्थ्य पेज

  • ४ असार २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा परेकाहरुलाई कोभिसिल्डको दोस्रो डोज खोप लगाईरहेको छ ।

उपमहानगरपालिकाकै कार्यालयमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिहरुले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइरहेका हुन् ।

कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका र दोस्रो मात्रा लगाउन समय पुगि विविध कारणले छुट भएका लक्षित समुहलाई दोस्रो मात्रा लगाउने भनिएको भएपनि आज बिहानै दोस्रो मात्रा लगाउन बाँकी रहेका लक्षित समुह भन्दा बाहिरका समेत आउँदा खोप लगाउने कार्य ढिला गरि सुरु भएको थियो ।

नगरपालिकाले दिउँसो ३ बजेसम्म कोभिसिल्ड खोपको दोस्रोमात्रा दिइने जनाएको छ ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech