सुदूरपश्चिम प्रदेशमा ६४ जना संक्रमित थपिए, ९४ जना निको भई डिस्चार्ज

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५६२ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित निको भई घर फर्किएका छन्। प्रदेशमा बिहीबार ६४ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै प्रदेशमा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमित संख्या ४३ हजार ८८ पुगेको छ । जसमध्ये ३३ हजार ६२९ जनाले कोरोना जितेका छन ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech