आयुर्वेद स्वास्थ्य केन्द्र बाँकेले पायो पूर्णता, भण्डारी र पोखरेल मनोनित

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

नेपालगन्जः बाँके आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा जनकराम भण्डारी र सदस्यमा अछरी पोखरेल मनोनित हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारले भण्डारी र पोख्रेललाई तीन बर्षका लागि नियुक्त गरेको हो ।

योसँगै समितिले पूर्णता पाएको छ । यसअघि प्रमुख जिल्ला अधिकारी, स्थानिय निकायका प्रमुख र अस्पताल प्रमुख गरी ३ जना सदस्य थिए । समितिले पूर्णता पाएसँगै आजै आयुर्वेद स्वास्थ्य केन्द्रले मनोनित सदस्यहरुलाइ सम्मान तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

परिचयात्मक कार्यक्रम पश्चात बसेको समितिको पहिलो बैठकले आयुर्वेद अस्पताल भवन निर्माण सम्बन्धमा, कार्यक्रमको जानकारी तथा संचालन सम्बन्धमा नियमित बैठक सम्बन्धमा निर्णय गरेको छ ।

समितिको नियमित बैठक प्रत्येक महिनाको ७ गते बस्ने र भवन निर्माण कार्यलाइ बहुबर्षीय योजना अन्र्तगत् रााखिदिन प्रदेश योजना आयोगमा सिफारिस गर्ने निर्णय पनि भएको सदस्य पोखरेलले बताउनुभयो ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech