नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा ३२ जना संक्रमित थपिएका छन् ।
तीनवटा ल्यावमा १४१ नमुना परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो । भेरी अस्पतालमा ६९ नमुना परीक्षण गर्दा १८, मेडिकल कलेज कोहलपुरमा ४६ नमुना परीक्षण गर्दा ४ र बागेश्वरी ल्यावमा २६ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
तीमध्ये बाँकेका ११ जना हुन भने अरु बाहिरी जिल्लाको भएको समितिले जनाएको छ ।