भेरीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा आज थप एकजनाको मृत्यु भएको छ। खजुरा गाउँपालिका-३ का ७० वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

गएको बैशाख १६ गते कोरोना पुष्टि भएका ती पुरुष १८ गते अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा विहान १०ः१५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech