नेपालगन्जमा भोलि कोभिसिल्डको दोस्रो मात्रा दिइने

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा परेकालाई भोलि शुक्रबार कोभिसिल्डको दोस्रो मात्रा दिने भएको छ ।

कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका र दोस्रोल मात्रा लगाउन समय पुगि विविध कारणले छुट भएकालाई दोस्रो मात्रा लगाउन लागिएको नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिनुभयो ।

विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उपमहानगरपालिकाकै कार्यालयमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई कोभिसिल्ड खोपको दोस्रोमात्रा दिइने भएको हो ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech