चीनसँग खोप किन्ने प्रक्रिया तत्काल थाल्ने सीसीएमसीको निर्णय

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

काठमाडौंः चीनबाट कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया तत्काल सुरु गरिने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बिहीबारको बैठकले सरकारको घोषणा अनुसार चीनबाट ४० लाख मात्रा खोप किन्ने प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको हो ।

केन्द्रका प्रमुख बालानन्द शर्माका अनुसार १० लाख मात्रा खोप जुन भित्रै ल्याउने गरि प्रक्रिया थालिने भएको हो ।

चीनले खोप तत्काल उपलब्ध गराउने सक्ने जनाएकाले खरिद प्रक्रिया थालिने भएको उहाँले बताउनुभयो ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले चीनको सिनोफार्म कम्पनीबाट खोप खरिद गर्ने निर्णय गरेको थियो ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech