चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य शुरू

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

रुकुमः रुकुम पश्चिमको चौरजहारी अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य शुरू भएको छ । १ करोड १६ लाख रुपैयाँमा अस्पतालमा अक्सिजन प्लान्ट जडान थालिएको हो।

घट्टेकुलो काठमाडौंमा कार्यालय रहेको अरोमा इन्टरप्राइजेजले प्लान्ट खरिदको जिम्मा लिएको थियो। चौरजहारी नगरपालिकाले उक्त प्लान्ट खरिद गरेको हो।

प्लान्ट जडान भएपछि दैनिक ३० देखि ४० वटासम्म अक्सिजन सिलिन्डर भर्न सकिनेछ। बिरामीको अत्यधिक चाप हुने भएकोले नगरपालिकाले उक्त प्लान्ट चौरजहारी अस्पतालमा जडान गर्न लागेको नगरपालिकाका सूचना अधिकारी ज्ञानु गौतमले बताउनुभयो ।

चौरजहारीमा प्लान्ट आइपुगेकोले केही दिनमै जोड्न शुरू हुने गौतमले जानकारी दिनुभयो । चौरजहारी अस्पताललाई प्रदेश सरकारले कोरोना जाँच र उपचारका लागि अनुदान र विशेष महत्व दिँदै आएको छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech