बाँकेका प्रयोगशालामा ४० जनामा कोभिड पुष्टि, जिल्लाका ७ जनामा मात्र

    • स्वास्थ्य पेज

  • २ असार २०७८, बुधबार

नेपालगन्ज : बाँकेका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा ७२ नमुना परीक्षण गर्दा ३० जना, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ५२ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ४४ नमुना परीक्षण गर्दा ५ जना गरि कुल ४० जनामा संक्रमण पुष्टि भएको हो । पुष्टिहुनेहरु मध्य बाँकेका ७ जना मात्र छन् ।

हालसम्म बाँकेमा ८२ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको छ । गएको २४ घण्टामा संक्रमण मुक्त भएर ४२ जना डिस्चार्ज भएका छन् ।

कोभिड संकमणकै कारण थप १ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech