भेरी अस्पतालमा दुईवटा भेन्टिलेटर थप

    • स्वास्थ्य पेज

  • २ असार २०७८, बुधबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालमा दुईवटा भेन्टिलेटर थप भएको छ । स्थानिय विकास पूर्वाधार कोषको रकमबाट उक्त भेन्टिलेटर खरिद गरिएको हो ।

भेरी अस्पतालमा योसँगै अव २८ वटा भेन्टिलेटर पुगेका छन् । बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित विघटित संबिधानसभाका संघीय सांसद मोहम्मद इस्तियाक राइको पूर्वाधार कोषबाट ४५ लाख रुपैयाँ बिनियोजन गरिएको थियो ।

कोषको सो रकममार्फत् नेपालगन्ज उपमहानगरपालिकाले टेण्डर आव्हान गरेर खरिद गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो ।

कोरोना भाइरस महामारीका कारण अस्पतालमा भेन्टिलेटर अभावमै विरामीको मृत्यु हुने अवस्था आएपछि स्थानीय विकास पूर्वाधार कोषको सो बजेट रकामान्तर गरेर भेन्टिलेटर खरिद गरिएको धितालको भनाइ छ ।

भेरीको कोभिड वार्डमा अहिलेपनि ६६ विरामी उपचारत छन् । तिमध्ये २१ जना सिकिस्त छन् ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech