मदन भण्डारी प्रतिष्ठानलाई तीन विधामा स्नातक कार्यक्रमको अनुमति

    • स्वास्थ्य पेज

  • १ असार २०७८, मंगलवार

हेटौडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडाले तीन संकाय बिपिएच, बिफार्मेसी र बिएससी एमएलटी स्नातक तहको अध्यापनका लागि अनुमति पाएको छ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार सम्पन्न बैठकले आयोगको कार्यकारी परिषद्को सिफारिसअनुसार ती विधामा सिट निर्धारण गरेको हो ।

प्रतिष्ठानले बिपिएचमा २० सिट, बिफार्मेसीमा ३० र बिएससी एमएलटीमा ३० गरी कूल ८० सिट पाएको छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech