राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी र आइसीयू सेवा सुरु

    • स्वास्थ्य पेज

  • १ असार २०७८, मंगलवार

घोराहीः दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आजदेखि ओपीडी र आइसीयू सेवा फेरि सुरु गरेको छ । कोरोना भाइरसको तीव्र संक्रमणका कारण प्रतिष्ठानले गएको वैशाख १९ गतेदेखि ओपीडी र शल्यक्रिया जस्ता सेवाहरु बन्द गरेको थियो ।

पछिल्लो समय कोरोना संक्रमणको दर घट्दै गएकाले अन्य बिरामीलाई मध्यनजर गर्दै ती सेवाहरु सुरु गरिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

प्रतिष्ठानले आईसीयू सेवा समेत सुरु गर्ने र जटिल प्रकृतिका रोगका बिरामीहरुको उपचार गर्न सुरु गर्ने भएको छ।

तर, प्रतिष्ठान प्रशासनले साधारण बिरामी अस्पताल आउँदा एक्लै आउन र अशक्त, ज्येष्ठ नागरिक तथा बालबालिकाको हकमा एकजना मात्रै सहयोगी आउन आग्रह गरेको छ ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech