बाँकेमा जारी निषेधाज्ञा एकसाता लम्बियो , के के खोल्न पाईने ? (सूचना सहित)

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज : केहि खुकुलो बनाउँदै बाँकेमा जारी निषेधाज्ञा थप सात दिन लम्ब्याईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा लम्बाएको हो ।

प्रशासनले यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाईने जनाएको छ ।

त्यस्तै रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह , ब्रतबन्ध , मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी भई गर्न पाईने छ ।

संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको छ । अहिले संक्रमण दर सङ्गै मृत्युदरमा समेत दैनिक कमी आउन थालेपछि जारी निषेधाज्ञा केही खुकुलो बनाएको हो ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech