मेडिकल कलेजका कर्मचारीद्धारा तलव नपाएको गुनासो

अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाका अनुसार लकडाउनका कारण विरामीको फ्लो कम हुँदा अस्पताल घाटामा छ । ‘अस्पताल अहिले पुरै लसमा छ उहाँले भन्नुभयो–‘तर पारिश्रमिक दिने सवालमा हामी गम्भीर छौं उहाँहरु सबै (कर्मचारी)ले भोलि पर्सिभित्रमै आफ्नो तलवभत्ता पाउनु हुने छ ।’


    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७८, सोमबार

नेपालगन्जः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन् ।

कोभिड महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खटिएर सेवा दिँदा समेत अस्पताल प्रशासनले पारिश्रमिक नदिएको उनीहरुको गुनासो छ । चिकित्सकहरुले चार महिनादेखि र कर्मचारीहरुले तीन महिना देखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् । एकजना चिकित्सकले दिइएको जानकारी अनुुसार पटकपटक प्रशासनलाई पारिश्रमिक दिन आग्रह गर्दा समेत त्यसको सुनुवाइ नभएपछि अस्पताल व्यवस्थापन पक्षलाई दवाव दिन कर्मचारीहरुले सोमवारदेखि सांकेतिक आन्दोलन सुरु गरेका हुन् ।

आन्दोलनमा उत्रिएका उनीहरुले नियमित तलव, कोभिड जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । कर्मचारीहरुले पहिलो चरणमा काममा कुनै असर नपर्नेगरी आन्दोलन उत्रिएको बताएका छन् । माग सम्वोधन नभए चरणबद्ध आन्दोलनको चेतावनी उनीहरुको छ । अस्पताल व्यवस्थापन पक्षले भने कोभिड महामारीका कारण नियमित पारिश्रमिक दिने सवालमा केही ढिलाइ भएको जनाएको छ ।

अस्पतालका सहनिर्देशक डा नितेशकुमार कनोडियाका अनुसार लकडाउनका कारण विरामीको फ्लो कम हुँदा अस्पताल घाटामा छ । ‘अस्पताल अहिले पुरै लसमा छ उहाँले भन्नुभयो–‘तर पारिश्रमिक दिने सवालमा हामी गम्भीर छौं उहाँहरु सबै (कर्मचारी)ले भोलि पर्सिभित्रमै आफ्नो तलवभत्ता पाउनु हुने छ ।’

उहाँले फागुनसम्मको सबै पारिश्रमिक कर्मचारीहरुले पाइसकेको स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज, कोहलपुर र चिसापानीमा गरी तीन ठाउँमा करिव १ हजार ४ सय कर्मचारी छन् । त्यस्का लाग मासिक झन्डै सात करोड रकम तलवभत्तामा जाने गरेको डा कनोडियाको भनाइ छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech