महिलाको प्रजनन क्षमता : कुन उमेरमा गर्भधारण गर्नु उचित

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०७८, सोमबार

धेरैजसो महिलालाई आफ्नो प्रजनन क्षमता सम्बन्धी अधिक जानकारी हुँदैन । यस कुरा त्यसबेला जरुरी हुन्छ, जब कुनै दम्पती सन्तानको योजना बनाउँन थाल्छन् ।

सामान्य धारणा के छ भने प्रजनन क्षमताको कुरामा महिला मात्र जिम्मेवार हुन्छन् । यद्यपि सत्य के भने, प्रजनन क्षमताको समस्या महिला र पुरुष दुबैमा समान हुन्छ । तर, यसमा महिलाको उमेर पनि केही मात्रामा भूमिका खेल्ने बताइन्छ ।

प्रजनन क्षमताको बारेमा श्रीमान र श्रीमती दुबैले जान्नुपर्ने हुन्छ । किनभने गर्भाधारण, वच्चाको स्वास्थ्य र गर्भावस्थाको क्रममा सही विकल्प छनौट गर्नका लागि यसले सहयोग गर्न सक्छ ।

पुरुषको तुलनामा महिलाको उमेरले प्रजनन क्षमतामा प्रभाव पार्छ ?

प्रजनन क्षमताका लागि उमेरको कुरा गर्ने हो भने यसमा महिला र पुरुषमा भिन्न भिन्नै प्रभाव हुनेगर्छ । महिलाको जन्म निश्चित अन्डको संख्यासँग हुन्छ, जुन उमेर बढ्दै जाँदा कम हुँदै जान्छ । एउटा उमेर चरणमा पुगिसकेपछि उक्त अण्ड सकिन्छ । र, त्यसपछि उक्त अन्ड बन्ने प्रक्रिया नै रोकिन्छ । जबकि पुरुषको शरीरमा विर्य बन्ने क्रम जीवनभर कायम रहन्छ । यस हिसाबले के भन्न सकिन्छ भने महिलाको हकमा गर्भधारण गर्नका लागि एक सीमित उमेर हुन्छ । जबकि पुरुष ६०–७० वर्षको उमेरमा पनि पिता बन्न सक्छन् । अब जानौं, महिलामा प्रजनन क्षमता कुन उमेरमा बढी हुन्छ ?

उमेरको दोस्रो दशकमा

विज्ञका अनुसार उमेरको दोस्रो दशक वा २० वर्षको आसपासमा महिलाले स्वस्थ बच्चा जन्माउन सक्छिन् । यो त्यही उमेर हो, जतिबेला महिालामा प्रजनन क्षमता अत्याधिक हुन्ज्छ । दोस्रो दशकको सुरुवात र अन्त्यमा फर्टिलिटीमा कुनै अन्तर हुँदैन ।

यस उमेरमा गर्भधारणका केही लाभ

महिलाको अण्डमा आनुवांशिक असामान्य हुने संभावना कम हुन्छ । त्यसैले यस उमेरमा कुनैपनि आनुवंशिक डिसअर्डर, जस्तो कि डाउन्स सिन्ड्रोम, थैलेसिमिया जस्तो बच्चा जन्माउने जोखिम कम हुन्छ ।

गर्भपातको खतरा केवल १० प्रतिशत हुन्छ ।

जन्मको समय बच्चाको तौल पनि सही हुन्छ । अर्थात कम हुने संभावना हुँदैन । बच्चा पूर्णतय विकसित हुन्छन् । आमालाई पनि मधुमेह, उच्च रक्तचाप जस्तो कुनैपनि किसिमको स्वास्थ्य समस्या हुने जोखिम कम हुन्छ ।

उमेरको यो चरणमा गर्भधारण गर्नुको बेफाइदा

पहिलो पटकको गर्भधारणमा केही जटिलता हुन्छ । यदि तपाईंमा पिसिओडी वा गर्भाशयमा फाइब्राइड वा अन्य किसिमको रोग छ भने गर्भावस्थाको क्रममा थप समस्या देखिन सक्छ ।

जबकि पुरुषको प्रजनन क्षमताको कुरा गर्ने हो भने, उनको लागि चिन्ता गर्नुपर्ने खास कुरा छैन । यदि कुनै पुरुषमा प्रजनन क्षमता कमजोर हुन्छ भने त्यसमा उनको खराब जीवनशैली जिम्मेवार हुनसक्छ । यसको कारण मोटोपन, उच्च रक्तचाप, कुनैपनि किसिमको यौन संक्रमित रोगले स्पर्मको गतिशिलता र एकाग्रतामा प्रभावित गर्न सक्छ ।

उमेरको तेस्रो दशकमा गर्भधारण

यदि कुनै महिला आफ्नो उमेरको तेस्रो दशक अर्थात ३० बर्षको आसपासमा गर्भवती हुन चाहन्छन् भने उनीहरुमा हरेक महिला गर्भवती हुने संभावना १५ देखि २० प्रतिशतसम्म हुन्छ । यसका लागि उनीहरुमा कुनैपनि किसिमको जटिल रोग हुनुहुँदैन । एक अध्ययन अनुसार उमेरको तेसो दशकमा महिलाहरु आफ्नो पहिलो प्रयासमै गर्भधारण गर्ने संभावना ३० प्रतिशत हुन्छ । जब महिला ३५ बर्षको हुन्छन्, उनीहरुको अन्डको गुणवत्त र मात्रा कम हुन थाल्छ । यसैले उनीहरुको प्रजनन क्षमता पनि घट्छ ।

३५ बर्षपछि गर्भधारण गर्ने संभावना स्वभाविक रुपले कम हुन्छ । यस उमेरमा जुम्ल्यहा बच्चा जन्माउने संभावना धेरै रहन्छ ।

उमेरको तेस्रो दशकमा गर्भधारणका हानी

यस उमेरमा गर्भधारण गर्दा बच्चामा आनुवंशिक समस्या हुने संभावना बढी हुन्छ । गर्भपतन हुने खतरा पनि रहन्छ ।

४० बर्षको उमेरमा गर्भधारण

४० वर्षको उमेरमा गर्भधारण  गर्नु असंभव कुरा होइन । यद्यपि ध्यान दिनुपर्ने कुरा के भने ४० वा ४४ बर्षको उमेरमा गर्भधारण गर्ने दर ५ प्रतिशतले कम हुन्छ । जबकि ४५ बर्षको उमेरमा यो दर १ प्रतिशत मात्र हुन्छ । सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार विश्वभरमा आधा महिला उमेरको चौथो दशकमा प्रजनन सम्बन्धी समस्याले पीडित हुनेगर्छन् ।

त्यसो त गर्भवती हुने सही समय त्यही हुन्छ, जब तपाईंलाई  अनुकुल मिल्छ । कतिपयले आफ्नो आर्थिक स्थिती राम्रो भएपछि वा करियर सुरु गरेपछि गर्भधारण गर्ने योजना बनाउँछन् । यदि तपाईं लामो समयपछि मात्र सन्तानको योजना बनाउँदै हुनुहुन्छ भने एक पटक चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ ।

  • ३१ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech