पेट्रोलियम व्यवसायीको चेतावनीः खोप नदिए इन्धन ठप्प

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०७८, आईतवार

काठमाडौंः कोभिडविरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि साथ दिएका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो ।

पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको व्यवस्थाका लागि पटक(पटक आग्रह गरिए पनि सुनुवाई नभएको एसोसिएसनले जनाएको छ ।

‘यस क्षेत्रका कर्मचारी र श्रमिकको जीवन रक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन जनाउँछ,’ महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सहज रुपमा खोपको उपलब्धताका लागि नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको एसोसिएसनले अन्यथा वितरण प्रणालीमा असहजता उत्पन्न हुने चेतावनी पनि दिएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech