सरकारबाटै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरी असुरक्षित भएको भन्दै सुरक्षाको माग

    • स्वास्थ्य पेज

  • ३० जेष्ठ २०७८, आईतवार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी असुरक्षित भएको भन्दै सुरक्षाका लागि अपील गरिएको छ । बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा केसी अलायन्सले गिरीको सुरक्षाको माग गरेको हो ।

झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको उनीहरुले जारी गरेको अपीलमा भनिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा गिरीलाई हस्ताक्षर वा राजीनामा दिन धम्कीसहित चरम दबाब दिएको भन्दै अपीलमा डा गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएको छ ।

‘राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भर्त्सनायोग्य छ,’ अपीलमा भनिएको छ । ‘त्यसैले डा गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech