संक्रमितको उपचारमा खटिएकी नर्स भन्छिन्–‘यी कहाली लाग्दा दिनपछि सुनौलो विहानी आउने छ ।’

    • स्वास्थ्य पेज

  • २९ जेष्ठ २०७८, शनिबार

नेपालगन्जः कोरोना भाइरसले सबैलाई त्राही–त्राही बनाइरहेको थियो । पहिलो लहर भएर पनि होला उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पनि डरको ढ्याङग्रो ठट्याइरहेको हुन्थ्यो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ओपिडी हेल्थ केयरमा कार्यरत नर्स सपना थापा विष्टले एक वर्ष अघि भाइरसले निमत्याएको त्रास सम्झदै भन्नुभयो–‘अहिले त उतिसारो डर लाग्दैन् ।’ कहिले काही पीपीइ नलगाएर पनि विरामीको उपचार गर्ने गरिएको उहाँको भनाइ छ । सपनाले हेरेको पहिलो केश सुर्खेतको थियो ।

भाइरस संक्रमित मृगौला पीडित भएकी ती महिलाको डायलाइसिस गर्नुपर्ने भयो । पीपीइ, ग्लोब्स, फेसमास्क लगाएर तयार हुनुभयो । ती महिला भए तिर जति पाइला अघि सार्दै जानु हुन्थ्यो उति शरिर फुलिएर आइरहेको थियो । मनभरी नानाथरी कुराहरु खेलेर आउन थाल्यो । घरमा छोरी र छोरालाई सम्झनुभयो ।

‘डरको त कुरै नगर्नुहोस् स्वास्थ्य पेजलाई उहाँले भन्नुभयो–‘विरामी भएको वार्डमा कसरी पुगे आफै थाहा पाएन ।’ पीपीइ लगाएपछि यसैपनि पसिनाले शरिर भिजेको हुन्छ । उहाँ भन्नुहुन्छ–‘आधा पसिना त सायद डरैले आयो होला ।’ सपनाले आफ्नो पेशागत दायित्व सम्झनुभयो । आफ्नो धर्म सम्झनुभयो । मनलाई दरो बनाउनुभयो ।

उहाँ सम्झनुहुन्छ–‘विरामीको हातमा जव क्यानुला लगाउन सुरु गरे आफ्नो जिम्मेवारी र पेशागत दायित्वले डर कहाँ हरायो थाहै पाइन् ।’ सपनाको यही पेशाप्रतिको जिम्मेवारी र धर्मले कोरोना महामारीको त्रासलाई मनदेखि मथ्थरमात्र पारेन् । उहाँ आफै संक्रमित भएर पनि विरामीको उपचारमा खटिरहनु भयो ।

स्वास्थ्यकर्मीका लागि चाडपर्व, दशै तिहार फिक्काजस्तै हुने उहाँको अनुभव छ । भाइरस संक्रमित विरामीको उपचारमा खटिएकै बेला गएको कार्तिक महिनामा उहाँ संक्रमित हुनुभयो । तिहारको भाइटिका आउन सात दिन बाँकी थियो । उहाँ आफै संक्रमित हुनुभयो । उहाँले भाइ टिका लगाउन पाउनु भएन् ।

‘भाइटिकामा त म आइसोलेसनमा थिए उहाँले भन्नुभयो–मेरो निधार त खालि भयो नै घरको एउटा भाइको पनि निधार खालि भयो ।’ स्वास्थ्यकर्मीका पनि परिवार छन् । छोराछोरी छन् । बुवाआमा छन् । माया त सबैको लाग्छ । तर यो महामारीमा परिवार त्यागेर आफ्नो ज्यानको माया मारेर विरामी जोगाउन पाउँदा गर्भ लाग्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार, यी कहाली लाग्दा दिनहरु पनि एक दिन वित्ने छन् र सुनौलो विहानी आउने छ । महामारीको महासंकटमा अरुको ज्यान जोगाउन खटिनु स्वास्थ्यकर्मीमाथि भएका दुव्र्यवहारका घटनाले भने उहाँको मन निचोरिन्छ । स्वभाविकरुपमा मानिसहरुका आ–आफ्नै स्वभाव र वानी हुन्छन् । कोही स्वास्थ्यकर्मीको बोलि मिठो हुदैन । कोहीको व्यवहार राम्रो लाग्दैन् ।

तर आफुले उपचार गरेको विरामी ठिक होस् भन्ने चाहाना सबै स्वास्थ्यकर्मीलाई हुने उहाँको भनाइ छ । गएको वर्षदेखि नै भाइरस संक्रमित मृगौला पीडित विरामीको उपचारमा खटिरहनुभएकी सपना महामारी निश्चित समयका लागि हुने भएकाले सबैले त्यो अवधिसम्म आत्मअनुशासनको पालना गर्न जरुरी रहेको बताउँनुहुन्छ ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड सबैले पालना गर्ने हो भने जोखिमबाट जोगिने बताउनुहुन्छ । मास्कको सहि तरिकाले प्रयोग गर्ने, सरसफाइमा विशेष ध्यान दिने, सामाजिक दुरी कायम राख्ने यी अभ्यास हाम्रो दैनिक जीवनमा उत्राने हो भने कोरोनाको जोखिमबाट जोगिन सकिने सपनाको सुझाव छ ।

 

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech