बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने आयोगको निर्णय

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले झापास्थित बिएन्डसी अस्पताललाई कानुनी प्रक्रिया पुरा गरी मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई सम्बन्धनका लागि बिएन्डसीले बुझाएका सबै कागजपत्रहरु एक साताभित्र आफूकहाँ बुझाउन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा सहभागी निजी मेडिकल कलेजहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्दिन अन्सारीले बिएन्डसीले सम्बन्धन पाउने गरी नै निर्णय भएको जानकारी दिनुभयो ।

आयोगको बैठकले ऐनको दफा १३ (६) बमोजिम बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको हो ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech