देशभर एकैदिन ५ हजार बढी कोभिड संक्रमणबाट निको भए

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: शुक्रबार एकैदिन देशभर ५ हजार बढी कोभिड संक्रमणबाट निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ५ हजार २२५ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन् । योसँगै देशभर कोरोना भाइरस संक्रमण मुक्त हुनेहरुको कुल संख्या ५ लाख २० हजार ८१६ पुगेको छ ।

आजै देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षण र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप ३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण देशभर गएको २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।

योसँगै कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेहरुको संख्या ८ हजार ३०५ पुगेको छ ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech