नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालम थप एकजनाको मृत्यु भएको छ।
भाइरस संक्रमणबाट दैलेख भौरबी गाउँपालिका- ३ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो ।
कोभिड पुष्टि भएपछि उनी २६ गते अस्पताल भर्ना भएका थिए ।
उनको उपचारका क्रममा आज बिहान १०:४५ बजे मृत्यु भएको हो ।
यो सँगै उपचारका लागि बाँकेमा आएका ३३१ जना संक्रमितको मृत्यु भएको छ।