कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका चिकित्सकमाथि हातपात, तीनजना समातिए

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

सुर्खेत: कर्णाली प्रदेश आयुर्वेद अस्पताल सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मीमाथि अपरिचित युवाहरुको समूहले साँझ सवा ६ बजेतिर हातपात गरेको बताईएको छ ।

कार्यालयबाट घर फर्किने क्रममा उहाँहरु माथि अपरिचित युवाहरुको समूहले हातपात गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

डाक्टरमाथि हातपात गर्ने ३ जना युवाहरुलाई नियन्त्रणमा लिइएको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech