धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। कञ्चनपुरका २ जना, कैलाली, डडेल्धधुरा, अछाम र बाजुराका १ १ जना गरि ६ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा २०७ जना संक्रमित निको भई घर फर्किएका छन्।सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा २८२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३८ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।
यी दुवै विधिबाट गरिएको परिक्षणमा २२५ जनामा संक्रमण पुष्टि भएको छ।