बाँकेमा परीक्षण दर घट्यो, संक्रमितको संख्यामा पनि कमी

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः बाँकेमा कोरोना परीक्षण गर्नेको संख्यामा कमि आएसँग संक्रमितको संख्यामा पनि कमी आएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा पीसीआर परीक्षण गर्ने दर घटेको छ । परीक्षण गरिएकोमा संक्रमण दर समेत कमी देखिएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

बिहीबार एक सय ७६ जनाले कोरोना परीक्षण गरेका छन्। त्यसमा २७ जनालाई कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये बाँके जिल्लाका ५ जना मात्रै छन्।

भेरी अस्पतालमा ६४ जनाको परीक्षण गरिएकोमा १५ जना, कोहलपुर मेडिकल कलेजमा ६१ जनाको परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ५१ जनाको परीक्षण गर्दा २७ जनालाई कोरोना पुष्टि भएको समितिका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो ।

अस्पताल र ल्याबमा गएर परीक्षण गर्नेहरु सामान्य लक्षण देखिएका हुन्छन्। संक्रमितको सम्पर्कमा आएका केहीले परीक्षण गर्ने गरिएको पाइएको छ ।

जिल्लामा केही दिनयता परीक्षण नै कम भइरहेको छ भने त्यसमा पनि पोजिटिभ देखिने कम रहेका छन्। बाँकेमा परीक्षण गरिए पनि धेरै मानिस बाहिरी जिल्लाका हुने गर्दछन्। समितिका अनुसार, पछिल्ला दिनमा गम्भीर संक्रमितको संख्या पनि घट्दै गएको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech