२४ घण्टामा ५२९३ जना कोरोना संक्रमित निको भए

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

नेपालगन्जः नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म देशभर ५ लाख १५ हजार ५९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल नेपालमा ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर पछिल्लो २४ घन्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

गत २४ घन्टामा देशभर ९ हजार ९ सय १ पीसीआर तथा ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षण भएको छ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech