पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु ३७४९ संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०१ पीसीआर परीक्षणबाट २ हजार ८ सय ७४ र ५ हजार ३ सय ३७ एन्टिजेन परीक्षणबाट ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७७ हजार ८५८ सक्रिय संक्रमित रहेका छन्।

 

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech