बिएन्डसीलाई सम्बन्धनको प्रक्रिया बढाइए सत्याग्रह सुरू गर्ने डा. केसीको चेतावनी

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

नेपालगन्ज: चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले  बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै प्रधानमन्त्रीको विरोध गर्नु भएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी उहाँले सम्बन्धनसम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्ष्यम्य अपराध हुने बताउनु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जेठ २८ गते चिकित्सा शिक्षा आयोगको जबर्जस्ती बैठक  राखेर निर्णय गराउन खोजेको आरोप छ ।

केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खालको निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।

केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी दिनु भएको छ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech