कोभिड संक्रमित दाङका दुईजना र बर्दियाका एकजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्ज: कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप तीनजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका-५ दाङका ६५ वर्षीय पुरुष, राजापुर गाउँपालिका- ५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै बाँकेमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२७ जना र जिल्लाकै ३०५ जनाको मृत्यु भईसकेको छ । अहिले बाँकेमा कोभिड संक्रमणसँगै मृत्यु दरमा समेत कमि आइरहेको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech