अमेरिकाले ९२ देशमा ५० करोड डोज खोप आफै किनेर वितरण गर्ने

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

एजेन्सीः अमेरिकाले विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड डोज खोप आफै किनेर वितरण गर्ने भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड डोज अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारीगरेको हो ।

त्यसमध्ये यो वर्ष झण्डै २० करोड डोज उपलब्ध गराइने छ । बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो ।

विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको डोज बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ ।

राष्ट्रपति बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत अवतरण भएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी भएको हो ।

विश्वभर ५० करोड डोज खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी नै छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech