बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढ्यो

    • स्वास्थ्य पेज

  • २७ जेष्ठ २०७८, बिहीबार

एजेन्सीः बेलायतमा कोरोनाको तेस्रो लहर देखिने जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको चपेटामा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ ।

प्राध्यापक गुप्ताका अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ । बेलायतमा पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सङ्क्रमण दर गएको फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो । गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ । बेलायतमा ६ करोड ९२ लाख ५१ हजारभन्दा बढी डोज खोप वितरण भएको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech