गाउँ-गाउँमा संक्रमण फैलिरहेकाले सावधानी अपनाउन सरकारको आग्रह

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७८, बुधबार

नेपालगन्जः सरकारले गाउँ–गाउँमा कोरोना भाइरसको संक्रमण फैलिएको जनाएको छ । पछिल्ला दुई हप्तामा गाउँ–गाउँमा संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ।‘ जिल्लागत विवरणलाई हेर्दा गाउँ–गाउँमा संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार मन्त्रालयको प्रेस विफिङमा प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले गाउँमा संक्रमणले व्यापक रूप लिएको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो ।

लुम्बिनी प्रदेशमा रोल्पा, कर्णाली प्रदेशमा रुकुम र रुकुम परिश्च र सुदरपश्चिमा दार्चुलाका ग्रामीण क्षेत्रमा संक्रमण फैलिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अनुसार प्रदेश १ मा पाँचथर, ओखलढुंगा, तेह्थुममा संक्रमण फैलिरहेको छ।

त्यस्तै, प्रदेश २ मा सिराह, बागमति प्रदेशमा सिन्धुपाल्चोक, नुवाकोट, गण्डकी प्रदेशमा नवलपरासी पुर्वमा संक्रमण फैलिरहेको प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो । प्रवक्ता डा पौडेलका अनुसार ५ सय भन्दा बढि सक्रिय संक्रमित हुने जिल्ला ४६ छन्।

नेपालमा हालसम्म पिसिआर तथा एन्टिजेन मार्फत गरिएको परीक्षणमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ। २१ देखि ५० बर्ष उमेर समूहमा संक्रमणदर उच्च छ।

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech