नेपालमा कति संक्रमित आइसीयू र भेन्टिलेटरमा छन् ?

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०७८, बुधबार

तस्बिर:फाइल

काठमाडौं: देशभर १ हजार ६ सय ८७ जना कोरोना संक्रमित अहिले अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय १२ आइसीयू र ३७५ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २०२ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ६७ आइसीयू र १८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२४ आइसीयू र २४७ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा ११४ जना आइसीयू र २७ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १३८ जना आइसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३७ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ३० जना आइसीयू र ७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

 

  • २६ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech