बाँकेका अस्पतालका कति छन् सिकिस्त विरामी ?

    • स्वास्थ्य पेज

  • २५ जेष्ठ २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरसका संक्रमितको उपचार गराइरहेका बाँकेका चार अस्पतालमा अझैपनि ८० बढी गम्भीर विरामी रहेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, युनाइटेड अस्पताल नेपालगन्ज र वेष्टर्न अस्पतालमा उपचार गराइरहेकामध्ये ८२ जना विरामीको अवस्था गम्भीर छ ।

समितिका अनुसार ७७ जना सिकिस्त छन् भने ५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३२२ जना र जिल्लाकै ३०३ जनाले ज्यान गुमाईसकेका छन् ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech