कोभिड कोषमा १० करोड रकम थप्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

बुटवल: लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो ।

उहाँले कोभिड उपचार हुने अस्पतालमा खर्च गर्नेगरी बजेट निकासा दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले मंगलबार प्रदेशसभामा प्रस्तुत गर्ने सरकारको नीति कार्यक्रम स्वीकृत गरेको छ ।

 

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech