शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बालबालिकाका लागि आईसीयूसहितको बेड छुट्याइयो

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

काठमाडौं: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले बालबालिकाका लागि आईसीयूसहितको बेड छुट्याएको छ । अस्पतालले चारवटा आईसीयू बेड र १२ वटा नर्मल बेड बालबालिकाका लागि छुट्याउने तयारी गरेको अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिनुभयो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको थियो ।

मन्त्रालयले तेस्रो लहरमा बढी बालबालिका संक्रमित हुने सम्भावना रहेको भन्दै तयारी अवस्थामा रहन देशभरका अस्पताललाई सूचित गरेको थियो । मन्त्रालयको उक्त सूचना पछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले बालबालिकाका लागि बेड छुट्याएको हो ।

अस्पतालका अनुसार बालबालिकालाई हेर्ने जनशक्तिका लागि तालिमको पनि व्यवस्था गरिदैछ । यसअघि टेकुमा बालबालिकालाई राख्ने गरिएको थिएन ।हाल टेकुमा २८ बेड आईसीयू र २१ वटा भेन्टिलेटर छन् ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech