बाँकेमा जारी निषेधाज्ञा जेष्ठ ३१ गते रातीसम्म लम्बियो

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा जेष्ठ ३१ गते रातीसम्म लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको उल्लेख गरेको छ ।

कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको बैशाख १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ ३१ गतेसम्म पुर्याइएको हो ।

यसपटक पनि प्रशासनले उपभोग्य वस्तुका पसल व्यवसाय स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गरि बिहान ७ बजेदेखि १२ बजेसम्म खुल्न दिने भनेको छ । जिल्लामा निषेधाज्ञाको समयअवधि थपिएपनि बजारमा भने भिडभाड उस्तै छ । पसलहरु मध्यान्ह १२ बजेपछि पनि प्राय: खुल्लै रहने गरेको छ ।

नागरिक स्तरबाटै निषेधाज्ञाको पालना भएको देखिदैन ।संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि चहलपहल नरोकिएको भन्दै प्रशासनको आलोचना भैरहेको छ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech