जुम्ला कारागारमा १५ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

जुम्लाः जुम्ला कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा कैदीबन्दीमा ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको जेलर गयाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ। कारागारभित्रै आइसोलेट गरिएका अन्य कैदीबन्दीलाई भने संक्रमणका लक्षण देखिएको छैन।

कारागारमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको कारागार शाखा जुम्लाले जनाएको छ। महिलाहरुलाई अलग गरेर आइसोलेसन वार्ड बनाइएको छ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech