मेडिकल कलेज कोहलपुरको ओपिडी सेवा सुरु

    • स्वास्थ्य पेज

  • २३ जेष्ठ २०७८, आईतवार

नेपालगन्ज: कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बन्द गरिएका अस्पतालका ओपिडी सेवा सन्चालन हुन थालेका छन् । भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा अन्य सबै सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवामात्रै संचालन गरिरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आजदेखि ओपिडी सेवा सुरु गरेको छ ।

अस्पतालका अनुसार पहिले झै नियमित रुपमा ओपिडी लगायतका सेवा सुरु भएको हो । अब अस्पतालले कोभिड र ननकोभिडका दुवै सेवा नियमित गर्नेछ । यसअघि नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा नन कोभिड र शिक्षण अस्पताल कोहलपुरमा कोभिडका बिरामीहरुको उपचार हुदै आएको थियो ।

पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि शिक्षण अस्पताल कोहलपुरमा पनि पहिले झै नियमित ओपिडी सेवा सुरु गरिएको हो। यसबिचमा अस्पतालले संक्रमित बिरामीको उपचार, संक्रमित बिरामीको शल्यक्रिया लगायतका सेवा दिईरहेको थियो । नेपालगन्ज मेडिकल कलेजमा भने पहिले देखिनै ओपिडी लगायतका सेवा निरन्तर थिए ।

उता भेरी अस्पतालको ओपिडी सेवा कहिले देखि संचालन गर्ने भन्ने अझै टुंगो छैन् । अस्पतालका कोभिड फोकल पर्सन डा संकेत रिसालका अनुसार, १४२ वेडको कोभिड अस्पतालमा अहिलेपनि १३६ जना विरामी उपचारत छन् । संक्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरुबाट रिफर भएर आउने विरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको उहाँको भनाइ छ।

उपचार गराइरहेका ९० प्रतिशतबढीलाई अक्सिजन सर्पोट दिइएको छ। उहाँका अनुसार तीमध्ये ४० प्रतिशतबढीको अवस्था चिन्ताजनक छ । संक्रमणको दर घट्यो भनेर जोखिम शुन्यमा झरेको भन्न नमिल्ने भन्दै उहाँले अहिले पनि गम्भीर संक्रमितको संख्या घट्न नसकेको स्पष्ट पार्नुभयो ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech