कोरोना भाइरस संक्रमित बाँके र बर्दियाका दुई-दुईजनाको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ जेष्ठ २०७८, आईतवार

तस्विरः फाइल

नेपालगन्ज: बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चारजना बिरामीको मृत्यु भएको छ ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा दुईजना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना र युनाइटेड अस्पताल नेपालगन्जमा एकजना गरि थप चार जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बासगढी नगरपालिका-८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका-२ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका-३ बाँकेका ३३ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका-१ का ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ जना र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

बाँकेमा एकसातादेखि कोभिड संक्रमण र मृत्युदर घट्दै गएको छ । कोभिड संक्रमण तिब्र रुपमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा अझै जारी छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech