कर्णाली प्रदेशमा एकैदिन ३८५ कोभिड संक्रमित निको भए

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसिआर विधिबाट २१९ जनाको नमुना परीक्षण गर्दा १०५ जना र ४२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३१ जना गरि कुल २३६ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर कोभिड संक्रमण मुक्त भई ३८५ जना डिस्चार्ज भएका छन् । हालसम्म कर्णाली प्रदेशमा कोभिड संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २४ हजार ८१४ पुगेको छ ।

हालसम्म संक्रमणबाट करिब १९ हजार १३४ जना निको भएका छन् । ४ हजार १३९ जना कोभिडका सक्रिय संक्रमित अहिले विभिन्न आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणका कारण प्रदेशमा थप ६ जनाको मृत्य भएको छ । योसँगै संक्रमणकै कारण कर्णाली प्रदेशमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या २६७ पुगेको छ ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech