भारतमा संक्रमण पुष्टि हुनेहरु भन्दा निको हुने धेरै

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०७८, शनिबार

नयाँ दिल्ली: पछिल्लो २४ घण्टामा भारतमा १ लाख २० हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण दर निरन्तर ओरालो झर्दै गरेको भारतमा केहि साता अघिसम्म एकैदिन करिब ४ लाख सम्ममा संक्रमण पुष्टि हुने गरेको थियो ।

अहिले त्यो संख्या दैनिक रुपमा घटिरहेको छ । हालसम्म भारतमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुको कुल संख्या २ करोड ८६ लाख ९४ हजार ८७९ पुगेको छ । सोही समयमा भारतमा कोरोना संक्रमित १ लाख ९७ हजार ४९४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट निको हुनेहरुको कुल संख्या २ करोड ६७ लाख ९५ हजार नाघेको छ । यहा संक्रमणकै कारण हुने मृत्युदरमा भने कमि आएको छैन । गत २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ हजार ३८० जनाको मृत्यु भएको छ ।

हालसम्म भारतमा कोभिडका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ३ लाख ४४ हजार बढी छ । संक्रमण दरमा कमि आउन थालेपछि अस्तव्यस्त बनेको भारतमा अहिले उपचारमा केहि सहजता देखिएको छ ।

दैनिक करिब ४ लाखमा संक्रमण पुष्टि हुदा त्यहा अक्सिजन, अस्पतलहरुमा बेड अभावको समस्या थियो ।

 

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech