काठमाडौं उपत्यकामा १३८४ जनामा कोरोना संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर आज ६ हजार ६५३ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म ५ लाख ८१ हजार बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ लाख ७६ हजार बढी संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

देशभर गएको २४ घण्टामा थप १०१ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech