बालबालिकाको उपचारमा प्रयोग हुने गरी कम्तिमा २० प्रतिशत शय्या छुट्याउन मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

मन्त्रालयले कोभिडको दोस्रो लहर जस्तै तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तीमा २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयार राख्न भनेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले शय्यासँगै अक्सिजनको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको सूचना

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech